बुढानीलकण्ठ नगरपालिका मेयरसहित तीन जना वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

Thankot Times

थानकोट ।

काठमाडाैंको बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई जिल्ला अदालत काठमाडौंले १ महिना कैद सजाय सुनाएको छ ।

अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ ।

अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।

उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ