चन्द्रागिरिमा बिहानैदेखि चर्को घाम, यस्तो छ दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट । 

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागदे जनाएको छ ।

विभागका अनुसार केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । 

बिहान कोसी प्रदेशका  थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोसी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागको भनाइ छ ।

विभागले दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।

कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ