मध्यरातमा मुग्लिननजिकै पाँच वटा सवारी साधन ठोक्किएपछि……
थानकोट ।
मुग्लिन-नारायणगढ सडक खण्डको १७ किलोमा ५ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा राति १२:३० बजेको समयमा ३ वटा बस र २ वटा ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससँग विपरित दिसाबाट आँउदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यस्तै मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबहाक बसलाई सोही दिसातर्फ जाँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थियो ।
दुर्घटनमा परेकाहरुको उद्धार गरी २३ जना घाइतेहरुलाई उपचारको लागि कुरिनटारस्थित आधारभुत अस्पताल र भरतपुर लगिएको इप्रका मुग्लिन संचार शाखाले जानकारी दिएको छ ।
उद्धार गरिएकाहरु मध्ये २ जनाको मृत्यु भएको र मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण मुग्लिन नारायणढ सडक पूर्ण रुपमा अवरुद्ध भएकोमा डोजरको सहायताले दुर्घटनामा परेका सवारी साधनलाई हटाइ अहिले राजमार्ग सुचारू गरिएको छ ।
तस्बिरः विनोद श्रेष्ठ













