सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँमा बढेर करोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।













