आगामी आर्थिक वर्षका लागि सरकारले आज बजेट सार्वजनिक गर्दै
थानकोट ।
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यतालिका रहेको छ।
यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।
बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन् । दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।














