सुनकाे भाउ बढ्याे

Thankot Times

थानकोट ।

काराेबार हुने साताकाे तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

अघिल्लो दिन १ हजार ८ सय ८० रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *