यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले आंशिक बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभावका कारण केही भू-भागमा वर्षाको सम्भावना रहेको हो । 

बिहान कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । 

विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।  

कोसी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

विभागका अनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । 

कोसी, मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ