नागढुङ्गाबाट यसकारण समातिए राधेश्याम

Thankot Times

थानकोट । 

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्रामसहित एक पुरूषलाई नियन्त्रणमा लिएको छ । 

सिराहा धनगढीमाई नगरपालिका-११ बस्ने २४ वर्षीय राधेश्याम यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५८० नम्बरको बसलाई  जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *