नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *