पेट्रोलको भाउ लिटरमा ३ रूपैयाँ, डिजेलको भाउ लिटरमा १ रूपैयाँ घट्यो

Thankot Times

थानकोट। 

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । 

निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।  आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *