सुनचाँदीकाे मूल्यमा गिरावट

Thankot Times

थानकाेट ।

नेपाली स्थानीय बजारमा काराेबार हुने साताकाे पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य अघिल्लो काराेबार दिनकाे तुलनामा घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ सय र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको हो ।

आइतबार छापवाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार कायम रहेकाे सुनकाे मूल्य हालसम्मकै उच्च हो ।

आज आइतबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो काराेबार दिन शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *