नेपाली बजारमा सुनको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो ।
साेमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो ।
साेमबार एक लाख ४० हजार ३ सय रुपयाँमा कारोबार भएको छ ।
साेमबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।













