नागढुङ्गामा लागु औषधसहित सहचालक समातिएपछि सामानधनी ‘नाना’पनि पक्राउ परिन

Thankot Times

थानकोट ।

सर्लाहीदेखि काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख. ४५४० नम्बरको यात्रु बसका सहचालक नागढुङ्गास्थित जाँच बिन्दुमा सोमबार बिहान करिब ६ बजे समातिए ।सो यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सहचालक सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं.०९ बस्ने २७ वर्षीय मेघ बहादुर ठकुरीको साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागु औषध फेला पर्यो ।

ठकुरी तत्कालै प्रहरी नियन्त्रणमा लिइए ।उनीमाथि प्रारम्भिक सोधपुछ हुँदा उक्त लागु औषध नाना नामबाट मोबाईल नं. सेभ गरेको महिलालाई दिने हो भनि बताएपछि प्रहरीले नानाको खोजी गर्न थाल्यो ।

नाना भन्ने महिलाको खोजतलास गर्दा ती महिलाले उक्त बरामद लागु औषध प्राप्तिका लागि पठाओ राईडर काम गर्ने पुरुषलाई भक्तपुर जिल्लाको राधे राधेमा पठाई बरामद लागु औषधलाई प्याकिङ गरेको मह (हनि) हो रिसिभ गरी ल्याईदेउ भनि पठाओलाई भाडा दिई सामान लिन लगाएको पाइएपछि नाना माथि प्रहरीले सोधपुछ थाल्यो ।
नाना अर्थात माया लामा भन्ने सक्कली डिमडुङ तथा बसका सहचालक मेघ बहादुर ठकुरीमाथि प्रहरी वृत्त  थानकोटबाट अनुसन्धान जारी रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *