चन्द्रागिरि-२ मसिने देउरालीमा लागु पदार्थसहित समातिए राजन श्रेष्ठसहित २ जना

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ मसिने देउरालीबाट २ जना युवालाई नियन्त्रणमा लिएको छ ।

यसअघि नागढुङ्गा नाकाबाट लागुपदार्थ बरामद हुँदै आएकोमा सोमबार भने मसिने देउरालीमा अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३६ वर्षीय निरोज दाहाललाई सोमबार राति पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०२९ प १४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै माथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *