अब नेपाली बजारमा ल्यापटप र ट्याब्लेटको मूल्य बढ्छ- व्यवसायी
थानकोट ।
नेपाली बजारमा विद्युतीय सामाग्री ल्यापटप र ट्याब्लेटको मूल्य बढ्ने भएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् ल्यापटपमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ।
यसअघि नै यसमा १३ प्रतिशत भ्याट थियो। अन्तशुल्क लाग्ने भएसँगै ल्यापटप र ट्याब्लेटको मूल्य उल्लेख्य रूपमा वृद्धि हुने व्यवसायीहरूले बताएका छन्।
व्यवसायीहरूले आफूहरू सरकारको यो निर्णयप्रति असन्तुष्ट रहेको पनि बताए।
मंगलबार क्यान महासंघले आयोजना गरेको ‘सरोकारवालाहरूसँग आइटी बजेटमा अन्तर्क्रिया’ कार्यक्रममा व्यवसायीहरूले सरकारको निर्णयमा असन्तुष्टि व्यक्त गरेका हुन्। सरकारले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ।
व्यवसायीहरूका अनुसार बजारमा हाल एक लाख रूपैयाँमा उपलब्ध हुने ल्यापटप अब एक लाख १८ हजार रूपैयाँसम्म पर्नेछ।
ल्यापटप लगायत सूचना प्रविधिका सामग्रीमा अन्तशुल्क लगाउँदा यसले ग्राहकहरूलाई ग्रे-मार्केट (चोर बजार) बाट सामग्री खरिद गर्न उत्प्रेरित गर्ने पनि महासंघ र व्यवसायीहरूको भनाइ छ।













