सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ हजार ८ सय रूपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

स्थानीय बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य बुधबारको तुलनामा बिहीबार एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर कारोबार भएको हो ।

कारोबार हुने अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

बुधबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *