थानकोट-चित्लाङ सडकमा आजदेखि बिहान ९ बजेबाट दैनिक ७ घण्टा सवारी साधन गुडाउन रोक

Thankot Times

थानकोट।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक खण्ड स्तरोन्नतिका लागि आज शुक्रबारबाट करिब एक महिनाको लागि बन्द हुने भएको छ ।

उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २० गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए ।

यो सडकखण्ड मर्मत गर्न रु तीन करोड ९३ लाखमा ठेक्का लागेको छ ।

उनले सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरुपमा सडक बन्द गरिने बताए । थानकोट-चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो ।

ग्रेड उच्च रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ गर्ने, उकालो कम गर्नेलगायत काम गरिने इन्जिनियर श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको विकल्पमा फाखेल सडक, फर्पिङ-सिस्नेरी सडक, कान्ति राजपथ, त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिन् ।

चन्द्रागिरि नगरपालिकाे समेत एक सूचना जारी सो सडक स्तरोन्नतिका लागि बन्न गरिन लागेकोले सहजीकरणका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *