तोलामा १ हजार रूपैयाँ बढ्दा सुनको भाउले नयाँ कीर्तिमान राख्यो

Thankot Times

थानकोट।

कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ ।

आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा करोबार भइरहेको छ ।

बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *