थानकोट गाेदाम चाेकमा यात्रुबस दुर्घटना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ गोदाममा शुक्रबार अपरान्ह यात्रुबस दुर्घटना भएको  छ।

थानकोट नगर यातायातसँग आबद्ध बा. ३ ख. ९५४३ नम्बरको बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे प्रहरी वृत्त थानकोटले जनाएको छ ।

साे बस दुर्घटना हुँदा केही भाैतिक संरचनामा क्षति पुगेको बताइएको छ ।

साे क्षेत्रमा पटकपटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।

फोटो स्रोत : बिजय श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *