थानकोटमा ग्लोबल आइएमई बैंकको वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रम
थानकोट ।
ग्लोबल आइएमई बैंकले शुक्रबार थानकोटमा वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रम गरेको छ।
बैंकले नेपाल राष्ट्र बैंक परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, डिजिटल कारोबारका बारेमा जानकारी तथा यसबाट हुन सक्ने सम्भावित जोखिम, मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, इकमर्श कार्ड जस्ता विषयमा जानकारी दिईएको थियो । यसैगरी सफा नोट नीति, इन्टरनेटको प्रयोग गरी बैंकिङ क्षेत्रमा हुन सक्ने सम्भावित अपराधिक गतिविधिका विषयमा समेत श्रव्यदृश्य सामाग्रीसमेत कार्यक्रममा प्रसारण गरिएको थियो ।
कार्यक्रममा बैंकको थानकोट शाखाका प्रमुख एकराज बड्ताैला प्रस्तुतिकरण दिएका थिए भने सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूका बारेमा बैंकको कर्पोरेट कार्यालयका प्रतिनिधिहरूले जवाफ दिएका थिए ।
कार्यक्रममा करिब २ सय जना सेवा ग्राहीहरूको सहभागिता रहेको बैंकले जनाएको छ ।
बैंकले थानकोट क्षेत्रमा नियमित रूपमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।
करिब ६१ अर्ब पुँजी रहेको ग्लोबल आइएमई बैंकका देशका सबै ७७ वटै जिल्लामा शाखा छन् भने ३५४ शाखा तथा ३८० वटा एटीएम सञ्चालनमा छन् । बैंकले २७४ वटा शाखारहित केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।













