थानकोट खरिबोटबाट लाखाैँ रूपैयाँ बराबरको धनमाल चोरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा लाखाैं रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-४ थानकोट खरिबोटस्थित उक घरमा डेरा गरी बस्ने सरस्वती तामाङको कोठाबाट धनमाल चोरी भएको हो ।

तामाङको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *