चन्द्रागिरि हिल्स रिसोर्टसम्म पुग्न केबलकार बनाउने तयारी अन्तिम चरणमा
थानकोट ।
चन्द्रागिरि डाँडाबाट चन्द्रागिरि हिल्स रिसोर्टसम्म पुग्न छुट्टै केबलकार बनाइने भएको छ ।
चन्द्रागिरि हिल्सको टप स्टेशनबाट रिसोर्टसम्म ओहोर दोहोरमा सहजता ल्याउने उद्देश्यले चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले छोटो दूरीको अर्को केबलकार निर्माणको तयारी गरेको बुझिएको छ ।
हाल सो केबलकारको टप स्टेशनबाट रिसोर्टसम्म पुग्न घुमाउरो तर पक्की सडक प्रयोग हुँदै आएकोमा हिल्स व्यवस्थापनले यात्रुहरूको सुविधाको लागि केबलकारबाटै रिसोर्टसम्म पुग्न केबलकार निर्माण तयारी गरेको हो ।
अहिले चन्द्रागिरि केबलकारको टप स्टेशनबाट चन्द्रागिरि हिल्स रिसोर्टसम्म पुग्न हिल्सकै हलुका सवारीसाधनको प्रयोग हुँदै आएको छ।












