नागढुङ्गाबाट समातिए युवराज र प्रकाश

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ