बागमती प्रदेशका केही क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना
थानकोट ।
चन्द्रागिरि नगरको माैसम अहिले बिहान सामान्य छ । जल तथा माैसम पूर्वानुमान महाखाका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहँदा कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
कोसी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा छ ।
विभागका अनुुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।













