थानकोट-चन्द्रागिरि-चित्लाङ सडकका लागि ४ करोड ३१ लाख बजेट

Thankot Times

थानकोट ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकका लागि आगामी वर्षका लागि ४ करोड ३१ रूपैयाँ बजेट विनियोजन भएको छ ।

मकवानपुरका सांसद् महेश बर्ताैलाले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

संघीय भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आर्थिक वर्ष २०८१/८२ मा डिभिजन सडक कार्यालय हेटाैंडा र काठमाडाैंबाट कार्यान्वयन हुने गरी बजेट विनियोजन गरिएको सांसद् बर्ताैलाले जानकारी दिए ।

काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन् । जीर्ण सडकमा जोखिमपूर्ण यात्रा गर्ने क्रममा दर्जनाैं सवारीसाधन दुर्घटनामा पर्दा यस सडकमा थुप्रैले ज्यान गुमाइसकेका छन् ।

यस सडकमा मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको बताइन्छ । 

थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तरोन्नतिमा समस्या भइरहेको छ।

थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ