नेपाली बजारमा सुनको मूल्य स्थिर

Thankot Times

थानकोट।

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन हिजो बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा हिजोको भन्दा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

आज बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *