चोरीको सामान राख्न नागढुङ्गामा कोठा, समातिए सुनिल, भेटियो यतिका धेरै चोरीका सामान
थानकोट ।
ललितपुर ओमबहाल घर भएका ३६ वर्षीय सुनिल महर्जनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको छ ।
गत जेठ १८ गते बिहान डल्लुस्थित विष्णु मंग्रातीको डेरा कोठाको ताला फोडी कोठाभित्र रहेको नगद तथा मोबाइल चोरी गरेका सुनिलले ती सामान चन्द्रागिरि नगरपालिका-२ बसुन्डोलस्थित भाडाको कोठामा राखेको फेला परेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
उनको कोठामा डल्लुबाट चोरी भएका सामान फेला परेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
उनको कोठामा अन्य स्थानबाट चोरी भएका सामान समेत फेला परेको बताइएको छ ।
चोरीका सामान तथा धनमालहरु बरामद भएको हुँदा आधार खुल्ने कागजात सहित सनाखतको लागी यस कार्यालयमा उपस्थित हुन वृत्त स्वयम्भुले सम्बन्धित पिडितहरूमा अनुरोध गरेको छ।
१) चोरीको आइ प्याड थान १
२) ट्याब्लेट थान २
३) सुनको माइली तिलहरी थान १
४) सुनको सानो तिलहरी थान २
५) सुनको झुम्का १ जोर
६) सुनको चन्द्रमा थान १
७) सुनको ओैठी थान १
८ ) सुनको मंगलसुत्र थान १
९) चाँदीको वाला २ जोर
१० चाँदीको पाउजु १ जोर
११) विभिन्न कम्पनीका मोबाइल थान ११
११) ल्यापटप थान २ ( डेल/सोनी कम्पनी )
१२) घडी ( हाते) थान ५
१३) नगद रु. ३०००० ( तिस हजार)
१४) मृगको (रतुवा) छाला थान १













