नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट
थानकोट ।
कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन हिजो बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।













