वनदेवी-चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सवमा आज ज्याेति मगर लगायतका कलाकारले प्रस्तुति दिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ घुमाउनेमा जारी प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सवकाे राैनक बढ्दो छ ।
जेठ १४ गतेदेखि जारी महाेत्सवमा दर्शकहरुको सहभागिता दिनप्रति दिन बढ्दै गएको आयोजक वनदेवी भवन संरक्षण समितिले जनाएको छ।
जेठ २७ गतेसम्मको लागि तय गरिएको महोत्सव भाेलि आइतबारसम्मका लागि लम्ब्याउने निर्णय आयोजक वनदेवी भवन संरक्षण समितिले गरेको थियाे ।
महाेत्सव अन्तर्गत आज शनिबार अपरान्हबाट ज्याेति मगर लगायतका कलाकारले प्रस्तुति दिने बताइएकाे छ ।












