वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव-२०८१ सम्पन्न
थानकोट ।
जेठ १४ गतेदेखि सुरु भएको प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव आइतबार राति सम्पन्न भएको छ ।
महोत्सव अवधिभर दैनिक जीवनमा प्रयोगमा आउने स्थानीय उपभोग्य सामाग्रीहरु, खानाका परिकार, हस्तकला, चित्रकला, वास्तुकलाका सामग्री, कृषि औजारका सामग्रीको विक्रीको लागि स्टल राखिएको थियो भने महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका फागि रोटे पिङ, कोलम्बस, रेल खेल लगायत मनोरञ्जनका साधनहरूक व्यवस्था गरिएको थियो । यसअघि जेठ २७ गतेसम्मका लागि तय भएको महोत्सवमा उत्साहजनक सहभागिता पाइएपछि थप १ साताका लागि लम्ब्याइएको हो ।
महोत्सवको आइतबार साँझ बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले समापन गर्नुभएको आयोजक संस्था वनदेवी सामुदायिक भवन संरक्षण समितिले जनाएको छ ।
महोत्सव समापनका अवसरमा मन्त्री रमा आलेमगरले यस्ता कार्यक्रमहरुले स्थानीय संस्कृतिलाई टेवा पुर्याउने, स्थानीय उत्पादनको बजारीकरणमा योगदान दिने र समग्रमा स्थानीय पर्यटन प्रवर्द्धनमा विशेष भुमिका खेल्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी थिइन् !
चन्द्रागिरि नगरपालिका वडा नं. ७ क्षेत्रमा पहिलोपटक आयोजना भएको महोत्सवका लागि स्थानीय जनप्रतिनिधिहरूले सहयोग नगरेको आयोजक संस्था वनदेवी सामुदायिक भवन संरक्षण समितिका पदाधिकारीहरूको भनाइ छ।












