बक्र ईदका अवसरमा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

सरकारले आज असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गत शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका थिए ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको थियो।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ