सुनको मूल्य तोलामा ६ सय रूपैयाँले गिरावट
थानकोट।
कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मोल अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ६ सण रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ। ।
अघिल्लो कारोबार दिन हिजो आइतबार चाँदी प्रतितोला एक हजार ८ सय २० मा रूपैयाँमा कारोबार भएको थियो ।













