नागढुङ्गा नाकाबाट समातिए २४ वर्षीय अरूण
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक युवा पक्राउ परेका छन् ।
नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा. प्र. ०३-००१ ख. २९६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा सो बसमा सवार चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।













