नियमित मर्मतका लागि असार १७ र १८ गते चन्द्रागिरि केबलकार बन्द रहने

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्धित चन्द्रागिरि केबलकारको सेवा असार १७ र १८ गते स्थगित हुने भएको छ ।

नियमित मर्मत सम्भार तथा सुरक्षा चेक जाँचका लागि ती दिन केबलकार सेवा बन्द रहने चन्द्रागिरि हिल्सले जनाएको छ ।

असार १९ गते बुधबारबाट भने केबलकारको सेवा पूर्ववत् सञ्चालन हुने चन्द्रागिरि हिल्सद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

चन्द्रागिरि केबलकारका यात्रुहरूको सुरक्षाका लागि कम्पनीले निर्धारण गरेको तालिका अनुसार नै मर्मत तथा संभार कार्य हुन लागेको हो सो विज्ञप्तीमा भनिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *