सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा हिजो सोमबार पनि छापावाल सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

आज मंगलबार तेजाबी प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

हिजो सोमबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *