बन्दीपुर केबलबार आज बन्द रहने
थानकोट ।
तनहुँस्थित बन्दीपुर केबलकार आज बुधबार बन्द रहने भएको छ ।
सो केबलकारको प्रवर्द्धक बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अनुसार केबलकार सेवालार्इ थप सुरक्षित बनाउन नेपाल सरकारको सुरक्षा निकाय तथा अन्य अन्तराष्ट्रिय निकायको समन्वयमा अन्तराष्ट्रिय उद्धार अभ्यास कार्यका लागि आज केबलकार सेवा बन्द रहने भएको हो ।
बन्दीपुर केबलकार गत जेठ ३१ गतेदेखी व्यवसायिक सञ्चालनमा आएको हो ।
कम्पनीका अनुसार केबलकारको ३१ गण्डोलामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।
सो केबलकारमा प्रति गण्डोला पाँच जना यात्रु बोक्न सक्ने क्षमता रहेको छ ।
बन्दीपुर केबलकार दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुँदै आएको छ ।














