घट्टेडाँडा पार्कमा आज पार्टी स्थापना दिवस मनाउँदै रास्वपा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाकाे दाेश्राे वर्ष याे साता विविध कार्यक्रम गरि मनाइँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दोश्रो वर्ष पुगेको अवसरमा साे पार्टीको चन्द्रागिरि नगरपालिका कमिटीको आयाेजनामा आज बिहीबार वाडभज्याङ्गस्थित घट्टेडाँडा पार्कमा बिहान ७ बजेबाट शुभकामना गोष्ठी, चियापान तथा सांकेतिक वृक्षारोपण कार्यक्रम तय गरिएको साे पार्टीका चन्द्रागिरि नगरपालिका वडा नं ४ कमिटि संयाेजक किशोर बलामीले जानकारी दिनुभयो ।
सांकेतिक वृक्षारोपण कार्यक्रममा रुद्राक्ष (शक्ति), स्वामी (कवच), जामुन (उजा), कपुर (सुगन्ध), रिठ्ठा (सफाई), बेगम बेली (सुन्दरता), पारिजात (प्रेम), निलजाई (बाक्लो सम्बन्ध), साइकस पाम (प्रसोधन) गरी १६ जातको विरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ। कार्यक्रममा साे पार्टीका संघीय सांसद गणेश पराजुली लगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहने जनाइएको छ।
भाेलि असार ७ गते रास्वपाले पार्टी स्थापना दिवस एक समारोहका साथ केन्द्रीय कार्यालय घण्टीघरमा मनाउने यसअघि नै बताइसकेकाे छ ।
















