नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ६ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि अघिल्लो कारोबार दिन हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बिहीबार चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *