चन्द्रागिरि नगर क्षेत्रमा बिहानैबाट माैसम बदली, दिउँसो हल्का वर्षाको सम्भावना
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले बिहान पूर्णत बदली रहेको छ । हिजो बिहीबार बिहान यस क्षेत्रमा हल्का वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मनसुन प्रणाली सक्रिय भएका स्थानका केही भू-भागमा वर्षा भइरहेको हो ।
अहिले बिहान गण्डकी प्रदेशको थोरै तथा कोसी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
अहिले कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा छ ।
विभागका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ । लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशका केही स्थान, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
हाल मनसुन प्रणालीको प्रभाव कोसी, मधेस, बागमती, गण्डकी प्रदेशका सबै भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको जल तथा मौसम विज्ञान विभागको बुलेटनिमा उल्लेख छ ।













