सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढ्यो
थानकोट ।
आज शुक्रबार नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुन प्रतितोला एक हजार ९ सय रुपैयाँ बढेर कारोबार भएरहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोलामा २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको महासंघको विज्ञप्तीमा उल्लेख छ।













