चन्द्रागिरि नगरका विभिन्न स्थानमा आज र भोलि बिहान १० बजेबाट विद्युत सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न स्थानमा आज शनिबार र भोलि आइतबार बिहान १० बजेबाट विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार आज शनिबार प्राधिकरणको लाइनर फिडर ११ केभी इन्कमर अन्तर्गत मातातिर्थ, सतुङ्गल, मच्छेगाउँ, फर्पिङ फिडरमा आज बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म विद्युत सेवा सट डाउन हुनेछ ।

सो फिडरमा मर्स्याङ्दी काठमाडाैं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० केभी को नयाँ कन्ट्रोल रूममा जडित एसएएस मा पुरानो मातातिर्थ १३२/३३/११ केभी सवस्टेशन भित्र सटडाउन गर्नका लागि विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *