नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन प्रतितोला २ हजार ७ सय रूपैयाँले घटेर तोलाको १ लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *