सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार सुन प्रतितोला ३ सय रूपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *