तपाँईले प्रयोग गर्नुभएको नेपाल टेलिकमको मोबाइल नम्बरमा आज फोन लागेन जस्तो छ नि ?
थानकोट ।
नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । सोमबार अपरान्हदेखि कम्पनीको जीएसएम मोबाइल सेवामा एक्कासी समस्या आएको हो ।
टेलिकमका पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूमा कल गर्दा नलाग्ने, लागि हाले पनि आवाज नसुनिने र काट्टिने जस्ता समस्या देखिने गरेका छन् ।
टेलिकमले यो समस्याको विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन् ।
टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराईले नेटवर्कमा समस्या देखिएको जस्तो लागेको बताए । उनले आफू समेत यस विषयमा बुझ्ने प्रयासमा रहेको सुनाएको टेकपानामा खबर छ।













