आज दिउँसो भारी वर्षाकाे सम्भावना

Thankot Times

थानकोट ।

देशभर मनसुनी वायुको आंशिक प्रभाव रहँदा केही भू–भागमा आज वर्षाको सम्भाना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । केही प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ ।

गण्डकी प्रदेशका केही स्थान, कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, लुम्बिनी र कर्णाली  प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ