राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकका लागि ७ जनाको नाम सिफारिस

Thankot Times

थानकोट।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकका लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।

बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले सोमबार ७ जनाको नाम सिफारिस गरेको हो ।  

कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरूको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ । 

एक नम्बरमा काठमाडौँ महानगरपालिका– १४, काठमाडौँका गौरव लुइँटेलको नाम सिफारिस गरिएको छ । दोस्रोमा काठमाडौँ महानगरपालिका– १०, काठमाडौँका नवराज सापकोटाको नाम सिफारिस गरिएको छ । यस्तै, तेस्रोमा सुन्दर बजार–२, परेवाडाँडा, लमजुङका फाइन्द्र राज पाण्डेको नाम सिफारिस छ । चौथोमा तुलसीपुर उपमहानगरपालिका– १२, दाङका मनोज बस्नेतको नाम सिफारिस छ । 

यस्तै, पाँचौँमा चन्द्रागिरि नगरपालिका– ३, थानकोट, काठमाडौँका राजेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै, छैटौँमा सिरान्चोक गाउँपालिका ३ गोरखाका रामचन्द्र ढकालको नाम सिफारिस छ । यस्तै, सातौँमा भूमिकास्थान नगरपालिका –९, अर्घाखाँचीका डा. विष्णु प्रसाद भट्टराईको नाम सिफारिस गरिएको मन्त्रालयले उल्लेख गरेको छ । 

नाम सिफारिस गरिएका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि मिति र समय निर्धारण गरी जानकारी गराइने उल्लेख छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *