सुनको मूल्य स्थिर रहँदा, चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट।

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनकै झैं कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको छ ।

आज चाँदी प्रतितोला एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *