कमेडी च्याम्पियन सिजन-३ को उपाधि दक्षिणकालीका सुनिललाई
थानकोट ।
रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौं दक्षिणकालीकन सुनिल खड्काले जितेका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।
उनले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् ।
सुनसरीका काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी खनाल सेकेण्ड रनर अप भइन् ।
फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।













