चन्द्रागिरिमा उर्जा मन्त्री बस्नेतले बाँढे १ हजार ८ सय ७० वटा विद्युतीय चुल्हो
थानकोट ।
उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले देशका २६ लाख परिवारले अहिले निःशुल्क विद्युत सेवा लिइरहेको दाबी गर्नुएको छ ।
वैकल्पिक ऊर्जा विकास समिति अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्ध्न केन्द्रको सहयोगमा शनिबार चन्द्रागिरि नगरपालिकामा विद्युतीय चुल्हो वितरण गर्ने क्रममा मन्त्री बस्नेतले सो दाबी गर्नुभएको हो ।
एक दशकअघि मुलुकमा विद्युत रहेको विद्युत संकट पूर्ण रूपमा हटिसकेको बताउनुहुँदै मन्त्री बस्नेतले अहिले परिस्थिति बदलिएको र २४सैं घण्टा बिजुली सुचारु भइरहेको मात्रै छैन् विद्युत निर्यातमा समेत मुलुक सक्षम भएको धारणा राख्नुभयो ।
नेपाल विद्युत प्राधिकरणले उद्योग, कलकारखाना, संघसंस्था बाहेक ४८ लाख परिवारमा विद्युत वितरण गरिरहेको र २० युनिटसम्म सरकारले निःशुल्क वितरण गर्ने सरकारको नीति अनुरुप २६ लाख परिवारले अहिले निःशुल्क विद्युत सेवा लिइरहेको मन्त्री बस्नेतको दाबी छ ।

नगरबासीहरूका लागि विद्युतीय चुल्हो वितरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले देश बिजुलीमा आत्मनिर्भर हुँदै गएपछि केन्द्र सरकारको नीतिअनुरुप चन्द्रागिरि नगरपालिकाले पनि विद्युतीय उर्जाको खपतको कार्यलालाई अंगिकार गर्न थालेको बताउनुभयो । यसैगरी चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठले भाैगोलिक हिसाबले काठमाडाैंका स्थानीय तहहरू मध्ये काठमाडौं महानगरपालिका पछिको ठूलो नगरपालिका चन्द्रागिरि नगरपालिका भएकोले नगरका सबै वडामा विद्युतीय चुल्हो वितरणमा सहजीकरणका लागि मन्त्री बस्नेतसँग अनुरोध गर्नुभएको थियो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले शनिबार ७ सय १० जनालाई चुल्हो वितरण गरिएको आवश्यकता र माग अनुसार पुनः विद्युतीय चुल्हो वितरणको कार्य जारी राखिने बताउनुभयो ।
शनिबार नै चन्द्रागिरि नगरपालिका वडा नं. २ बाडभज्याङमा मन्त्री बस्नेतले विद्युतीय चुल्हो वितरण गर्नुभएको थियो । जहाँ ४५० थान विद्युतीय चुल्हो वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा समेत शनिबार नै विद्युतीय चुल्हो वितरण गरिएको छ । जहाँ ७ सय १० जनाले विद्युतीय चुल्हो लिनका लागि निवेदन दिएका थिए ।
वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ७० प्रतिशत अनुदानमा ल्याइएको चुल्हो माग अनुसार चन्द्रागिरि बासीहरूलाई वितरण गरिएको हो ।













