कति पुग्यो सुनचाँदीको मूल्य ?
थानकोट ।
आज आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
आइतबार सुनको मुल्य तोलामा २ सय रूपैयाँले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भइरहेको छ ।
यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।
चाँदी आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













